वैदेशिक रोजगारीमा रहेका नेपालीले एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

वैदेशिक रोजगारीमा रहेका नेपालीले एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडाैं । एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज बैशाख २२ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत बैशाख १६ गतेदेखि कुल ७९ हजार कित्ता शेयर बिक्री खुला गरेको थियो। आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको कम्पनीले त्यसको १० प्रतिशत हिस्सा वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्याएको हो।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा कार्यरत नेपालीहरूले आज बैंकिङ समयभित्र यसमा आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्