आईपीओ ल्याउन सांग्रिला इनर्जीले बोलायो विशेष साधारण सभा
काठमाडौं । सांग्रिला इनर्जी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासनको विशेष तयारी सुरु गरेको छ ।
कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव सहित छलफल गर्न आगामी जेठ ११ गते विशेष साधारण सभा आह्वान गरेको छ । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यो सभा बोलाउने निर्णय गरेको हो ।
काठमाडौँको नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुने यस सभाको मुख्य एजेण्डा आईपीओ निष्कासन गर्ने रहेको छ । सभाले प्रिमियममा शेयर जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै यस प्रक्रियासँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी र अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने निर्णय समेत गर्नेछ । प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीले लगानीकर्ताहरूमा नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ ।
















