शेयर बजारमा रौनक, नेप्से ३८ अंकले बढ्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

शेयर बजारमा रौनक, नेप्से ३८ अंकले बढ्यो



काठमाडौं । आज शेयर बजारमा रौनक देखिएको छ । आज बजार पुरै हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.१९ अंकले बढेको छ ।

आज नेप्से १.३९ प्रतिशतले बढेर २७८३.८५ विन्दुमा पुगेको छ । आज नेप्से बढ्दा ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता शेयर कारोबार भएको छ ।

आज दिनभरमा २४७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

दिनभरमा ३३२ वटा कम्पनी कारोबारमा आउँदा ६८ हजार ४४४ पटक शेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्