गोदरेजको नयाँ 'भिजी कुलर' नेपाली बजारमा, आकर्षक डिजाइन र कम बिजुली खपत गर्ने दाबी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गोदरेजको नयाँ ‘भिजी कुलर’ नेपाली बजारमा, आकर्षक डिजाइन र कम बिजुली खपत गर्ने दाबी



काठमाडौँ । व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै सामग्रीहरूलाई आकर्षक रूपमा प्रदर्शन गर्न गोदरेजले नयाँ ‘भिजी कुलर’ श्रृंखला नेपाली बजारमा ल्याएको छ ।

आधुनिक प्रविधि, ऊर्जा दक्ष प्रणाली तथा प्रयोगमैत्री सुविधाले सुसज्जित यो श्रृंखला विशेषगरी पेय पदार्थ, डेरी उत्पादन तथा चिसो तापक्रममा भण्डारण गर्नुपर्ने विभिन्न सामग्रीहरूको सुरक्षित र व्यवस्थित व्यवस्थापनका लागि निकै उपयोगी देखिएको छ ।

नेपालमा सिजी इलेक्ट्रोनिक्सले गोदरेजका होम अप्लायन्स उत्पादनहरूको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको सन्दर्भमा यो नयाँ उत्पादन बजारमा आएको हो ।

नयाँ श्रृंखलाअन्तर्गत ‘भिसी इडिएक्सएक्स ३९०एक्स वानआरएनएल आरडब्लु’ तथा ‘भिसी इडिएक्सएक्स ३३५एक्स वानआरएनएल आरडब्लु’ मोडेल बजारमा उपलब्ध छन् । यी मोडेलहरूमा क्रमशः ३६५ लिटर कुल क्षमता तथा ३४५ लिटर प्रयोगयोग्य क्षमता र ३१५ लिटर कुल क्षमता तथा २९५ लिटर प्रयोगयोग्य क्षमता रहेको छ ।

पर्याप्त भण्डारण क्षमताका कारण विभिन्न व्यवसायिक आवश्यकताअनुसार उत्पादनहरूलाई व्यवस्थित रूपमा राख्न सहज हुने देखिन्छ ।

यस भिजी कुलरमा समावेश गरिएको ‘लो इमिसिभिटी ग्लास’ प्रविधिले बाहिरी तापक्रमको प्रभाव कम गर्दै भित्रको शीतल वातावरणलाई लामो समयसम्म कायम राख्न मद्दत पुर्‍याउँछ । यसले स्थिर तापक्रम कायम गर्नुका साथै ऊर्जा खपतलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ ।

त्यसैगरी, यसमा रहेको ‘लार्ज इभापोरेटर फ्यान’ले कुलरभित्र चिसो हावालाई समान रूपमा प्रवाह गरी प्रत्येक भागमा एकरूप शीतलन सुनिश्चित गर्दछ । यस्तो समान तापक्रम वितरणले उत्पादनको ताजापन तथा गुणस्तरलाई लामो समयसम्म सुरक्षित राख्छ ।

उत्पादनको दृश्य प्रदर्शनलाई थप प्रभावकारी बनाउन यसमा ‘एन्टि-कन्डेन्सेसन सिस्टम’ समावेश गरिएको छ, जसले काँचको सतहमा बाफ वा पानी जम्न नदिई कुलरभित्र राखिएका सामानहरूलाई बाहिरबाट स्पष्ट रूपमा देख्न सहयोग गर्दछ । साथै, भित्री भागमा रहेको ‘एलइडी इल्युमिनेटेड इन्टेरियर’ले न्यून ऊर्जा खपत गर्दै उत्पादनलाई अझ आकर्षक तथा व्यवस्थित रूपमा प्रस्तुत गर्दछ ।

उच्च तापक्रम भएका वातावरणमा समेत स्थिर कार्यसम्पादन सुनिश्चित गर्न यसमा ‘ट्रपिकलाइज्ड कमप्रेसर’ प्रयोग गरिएको छ । यसले नेपालको विभिन्न मौसमीय अवस्थाहरूमा पनि भरपर्दो शीतलन क्षमता प्रदान गर्दछ । साथै, यसमा रहेको ‘एड्जस्टेबल शेल्भ्स’ सुविधाले विभिन्न आकार तथा प्रकारका उत्पादनहरूलाई आवश्यकता अनुसार मिलाएर राख्न थप सहजता प्रदान गर्दछ ।

यसका अतिरिक्त, ‘एनर्जी-एफिसिएन्ट कुलिङ सिस्टम’ले न्यून ऊर्जा खपतमार्फत प्रभावकारी शीतलन सुनिश्चित गर्दछ । यस प्रविधिले व्यवसायिक प्रयोगका क्रममा विद्युत् खर्चलाई नियन्त्रणमा राख्दै दीर्घकालीन तथा भरपर्दो कार्यसम्पादन प्रदान गर्ने विश्वास गरिएको छ ।

ऊर्जा बचत, प्रभावकारी शीतलन क्षमता, आकर्षक डिजाइन तथा आधुनिक सुविधाहरूको संयोजन रहेको गोदरेजको यो नयाँ भिजी कुलर श्रृंखलाले व्यवसायिक प्रतिष्ठानहरूलाई थप सहज, व्यवस्थित तथा प्रभावकारी सञ्चालन अनुभव प्रदान गर्नेछ ।

नेपाली बजारमा गोदरेजका भिजी कुलर मात्र नभई रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एअर कन्डिसनर लगायतका उत्पादनहरू पनि लोकप्रिय रहँदै आएका छन् । कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ र यो नयाँ भिजी कुलरले व्यवसायीहरूको मन जित्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्