टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, २५ लाखभन्दा बढी लगानीकर्ताको हात खाली
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएकाे छ।
कम्पनीले गत वैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीको आईपीओमा कुल २९ लाख ४८ हजार ९६६ जना आवेदकले ३ करोड ३७ लाख ४६ हजार २०० कित्ता शेयरका लागि आवेदन दिएका थिए।
प्राप्त आवेदनहरूमध्ये भिटीकरण गर्दा २७ लाख ७१ हजार २५२ वटा आवेदन रीतपूर्वक सर्त पुगेका (सदर) पाइएका छन् भने बाँकी आवेदनहरू रद्द (बदर) भएका छन्।
मागभन्दा धेरै गुणा बढी आवेदन परेका कारण धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत शेयर बाँडफाँट गरिएको छ। जसअनुसार भाग्यशाली २ लाख ५१ हजार ५४५ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
यसरी १० कित्ताका दरले बाँडफाँट गर्दा बाँकी रहेको कुल ५ कित्ता शेयर भने १० कित्ता पाउने लगानीकर्तामध्येबाटै थप गोलाप्रथा गरी ५ जनालाई १/१ कित्ताका दरले बाँडिएको छ। यस अनुसार ५ जना भाग्यशाली लगानीकर्ताले ११ कित्ताका दरले शेयर हात पारेका छन्।
















