फर्कियो शेयर बजारमा रौनक, आज एकै दिने नेप्से ३० अंकले बढ्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

फर्कियो शेयर बजारमा रौनक, आज एकै दिने नेप्से ३० अंकले बढ्यो



काठमाडौं । लगातार जस्तो ६ दिनको कारोबारमा पनि घटेको शेयर बजारमा आज बुधवार भने रौनक फर्किएको छ । ७ औँ दिनको कारोबारमा आज बिचमा १.७७ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको थियो । 

तर आज बुधवार भने बजारमा पुरै रौनक फर्किएको छ । आज नेप्से एकै दिन ३०.०८ अंकले बढेर २७ सय ५४.४८ विन्दुमा पुगेको छ । 

आज नेप्से बढ्दा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर कारोबार भएको छ । दिनभरमा ३४६ वटा कम्पनीको शेयर ५२ हजार ३३६ पटक किनबेच भएको छ । 

आज बजार बन्द हुँदा २४८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

यसदिन १३ वटै उपसूचकमा हरियाली छाउकाे छ। आज हाेटल तथा पर्यटन र हाइड्राेपावर १.८९, व्यापार १.५१, फाइनान्स १.४०, उत्पादन तथा प्रशाेधन र लगानी १.१५ र अन्य समुहकाे उपसूचक १.०९ प्रतिशत बढेका छन् ।

आज उपर लाेहाेरे खाेला हाइड्राेपावरकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने माउन्टेन हाइड्राे नेपालकाे सेयर मूल्य ११.८८ प्रतिशत बढेकाे छ। यस्तै कर्पाेरेट डेभलपमेन्ट बैंककाे सेयर मूल्य सर्वाधिक १३.२६ प्रतिशत घटेकाे छ।


प्रतिक्रिया दिनुहोस्