आज नेप्से १२ अंकले घट्यो, यस्तो छ बजार घट्ने मुख्य कारण !  - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

आज नेप्से १२ अंकले घट्यो, यस्तो छ बजार घट्ने मुख्य कारण ! 



काठमाडौं । शेयर बजारको हरियाली एक दिन पनि टिक्न सकेन । हिजो बुधवार ३० अंकले बढेको शेयर बजारमा आज फेरी ओरालो लागेको छ । 

लगातार ६ दिन (बिचमा एक दिन १.७७ अंकले बढेको) ६० अंकले घटेको बजारमा हिजो केही आसा जागेको थियो । तर, बुधवारको हरियाली आज एकै दिनमा बजार घटेको हो । 

अहिलेको बजारमा ट्रेडर हाबी भएको रूपमा लगानीकर्ताले लिएको छन् । लामो समयदेखि बजार साइवजमा बसेको र हिजो ३० अंकको मात्र वृद्धि देखिएकाले गर्दा ट्रेडरहरुले प्रफिट बुक गरेका कारण आजको बजार घटेको रूपमा विश्लेषण गरिएको छ ।  

शेयर बजारको ट्रेन्डलाई हेर्ने हो भने लामो समयदेखि कै बजेट अगाडिको शेयर बजार सामान्यतया साइवज वा घटेकोनै इतिहास रहेको छ । 

आज जेठको ७ गते हो । जेठ १५ गते अर्थात् आजको ७ दिन पछि बजेट आउँदैछ । बजेट कस्तो आउने भन्ने अन्योल भएकाले गर्दा पनि अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । यो बेलामा बजार सामान्य बढ्दा मात्र पनि बजारमा ट्रेडरहरुले प्रफिट बुक गर्ने भएकाले गर्दा बजार घटेको विश्लेषण भएको छ । 

आज बजार अन्तिम समयमा आएर भने १२.३६ अंककले घटेको छ । बजार ०.४४ प्रतिशतले घट्दा २७४२.११ विन्दुका नेप्से परिसूचक पुगको छ । 

बजार घट्दा आज ३ अर्ब ७८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबार बुधवार भएको कारोबारको तुलनामा केही मात्र भए पनि बढेको छ । यसले के देखाएको छ भने बजारमा बिक्रीकर्ता हाबी भए पनि लगानी पनि थपिएको बेच्रनेले समेत बढीमा बेचेको र बजेट पछि बजार बढ्ने मनसायले काम गरेको जस्तो देखिएको छ । 

आज ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर मात्र कारोबार भएको छ । उक्त कारोबार हिजो भएको कारोबारको तुलनामा कम हो । यसले के देखाएको छ भने सस्तोमा आफ्नो कित्ता लगानीकर्ता दिन तयार देखिएका छैनन् । 

बजार बन्द हुँदा ७२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

अन्तिम समयमा ३४८ वटा कम्पनीको शेयर ४४ हजार ७४४ पटक किनबेच भएको छ । 

समूहगत रुपमा हेर्दा म्यूचुअल फण्ड समूह ०.१४ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूह स्थिर रहेको छ । अन्य सबै समूह भने घटेर बन्द भएको छ । आज सबैभन्दा बढी हिजो सबैभन्दा बढी बढेको होलटल तथा पर्यटन समूह ०.८६ प्रतिशतले घटेको छ । एक दिनको वृद्धिमै लगानीकर्ताले प्रफिट बुक गरेको यसले पनि देखाएको छ । 

बुधवार उच्च अंकले बढेको अर्को सेक्टरमा हाइड्रो समेत हरेको थियो । अज त्यो सेक्टर पनि घट्नेको दोस्रो स्थानमा रहेको छ । आज हाइड्रो सेक्टर ०.६८ प्रतिशतले घटेको छ । 


प्रतिक्रिया दिनुहोस्