बजेटमा के आयो त खास कुरा ?
काठमाडौँ । शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यमा के के विषय आए त ? यी हुन् मुख्य चासोका बूँदा ।
- आयकर तिर्नु नपर्ने सीमा १० लाख पुग्यो, अब २९ प्रतिशतभन्दा बढी व्यक्तिगत आयकर तिर्नु नपर्ने
- ३६० वस्तुको अन्त:शुल्क खारेज
- आयकर ऐनको दफा ५७ मा छुट
- शेयर बजारमा पूँजीगत लाभकर तिरेपछि थप आयकर तिर्नु नपर्ने
- कर छुट तथा सहुलियतसम्बन्धी विशेष योजना
- कर विवादमा रहेका मुद्दा फिर्ता लिने
- उधारो उठाउने कानून तर्जूमा गरी लागू गर्ने ।
- सरकारको ब्यालेन्स सीटभन्दा बाहिरबाटै विकासका लागि पैसा जुटाउने ।
- स्वच्छ ऊर्जा बण्ड र डायस्पोरा बण्ड जारी गर्ने ।
- एआई फ्याक्ट्री र कम्तिमा ३ महिनाको माग धान्ने गरी ऊर्जा भण्डारण गर्न मातृभूमि बण्ड ।
- राष्ट्रिय वाणिज्य बैंकमा पूँजी थप्ने ।
- .नेपाल टेलिकममा ६६ प्रतिशतमात्रै सरकारी स्वामित्व बाँकी राख्ने । अहिले ९१ प्रतिशत स्वामित्व रहेको यो कम्पनीको २५ प्रतिशत स्वामित्व निजी क्षेत्रमा बेच्ने ।
- एआईमा सरकारको अर्जुन दृष्टि
- टेक अर पेमा पीपीए गर्ने, निजी क्षेत्रले विदेशमा पनि विद्युत् बेच्न पाइने ।
- जलाशययुक्त विद्युत् परियोजनामा ४० प्रतिशतसम्म सेयर सर्वसाधारणलाई पहिलो वर्ष नै वितरण गर्न सकिने ।
- मधेश र मध्येपहाडमा ‘चतुर्भूज’ आयोजनाहरु घोषणा ।
- भिजन काठमाडौँ २०४० को घोषणा ।
- काठमाडौँमा स्मार्ट अर्बन मोबिलिटी सर्भिस ।
- नेपाल आरोग्य वर्ष २०२७ घोषणा ।
- नागरिक उड्डयन प्राधिकरणको विभाजन आगामी पुसभित्रै ।
- न्यूनतम २ करोड लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने । कृषि र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान ।
- विज्ञान, प्रविधि, अनुसन्धान सहितका क्षेत्रलाई पूँजीगत बजेटको १ प्रतिशत विनियोजन ।
- राष्ट्रिय सम्पत्ति व्यवस्थापन प्रणाली पुस मसान्तभित्र गर्ने ।
- स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पून:संरचना, ३ वर्षभित्र ९० प्रतिशत जनता बीमाको पहूँचमा ल्याउने योजना ।
- सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ भन्दै सामाजिक सुरक्षा भत्ता सबैले नपाउने व्यवस्था ।
- नेपालमा सूचीकृत कम्पनीलाई विदेशी धितोपत्र बजारमा पनि सूचीकृत हुन बाटो खोल्ने ।
- राष्ट्रिय मान्यता पाएका राजनीतिक दललाई सरकारी अनुदान दिने ।
- हुलाकी राजमार्गलाई ४ अर्ब ६५ करोड ।
- मध्येपहाडी राजमार्ग ३ वर्षमा सक्ने आशा ।
- टोखा छहरे सुरुङ मार्गको विस्तृत संभाव्यता अध्ययन गर्ने ।
- वर्दिवासदेखि निजगढसम्म रेलमार्ग ।
- २८ अर्ब ५२ करोडमा सडकको राष्ट्रव्यापी मर्मत अभियान ।
- २ खर्ब ८६ अर्ब ४८ करोड सडक तथा पूर्वाधार निर्माणका लागि विनियोजन ।
- जलविद्युत् आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट थपिएपछि अबको २०८४ असारसम्ममा राष्ट्रिय ग्रिड प्रणालीमा ५५३५ मेगावाट विद्युत् पुग्ने ।
- हेटौँडामा २.५ मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई नमुना परियोजनाका रुपमा अघि बढाउने ।
- आगामी वर्ष १५८०० हेक्टर खेतियोग्य जमीनमा सिंचाई सुविधा पुर्याउने ।
- खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड विनियोजन ।
- चितवनको चेपाङ समुदायबाट आवासीय सुविधा सहितको शिक्षा कार्यक्रम थाल्ने ।
- शिक्षा क्षेत्रमा कुल २ खर्ब १८ अर्ब ३० करोड विनियोजन ।
- केपी ओलीले निर्माण थालेका ३३६ आधारभूत अस्पताललाई आगामी ३ वर्षमा निर्माण सम्पन्न गर्ने ।
- स्वास्थ्य बीमा कार्यक्रममा १५ अर्ब विनियोजन ।
- नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्ब, स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत बृद्धि ।
- सामाजिक सुरक्षाका विभिन्न शीर्षकमा गरी कुल १ खर्ब २० अर्ब विनियोजन ।
- नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने ।
- जग्गाधनी संकेत नम्बर दिने, घरजग्गाको किनबेच, रोकुवा, फुकुवा र राजस्व अनलाइनबाटै गर्न मिल्ने व्यवस्था गर्ने ।
- खानीसम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्ने ।
- विदेशी बजारमा निर्यात गरी ब्राण्ड स्थापित भएसकेका उत्पादनलाई थप सहुलियत दिने । गोल्डस्टार जुत्तादेखि वाईवाई चाउचाउसम्मलाई लाभ मिल्ने ।
- सगरमाथा आधार शिविरमा खगोल अवलोकन केन्द्र स्थापना गर्ने ।
- एक पटकको नेपाली, सधैँको नेपाली भन्ने नारालाई मुर्त रुप दिने ।
- बैंक तथा वित्तीय संस्थामा रहेको निष्कृय पैसा हकवालाले दाबी गरेको खण्डमा भुक्तानी गर्ने सुनिश्चितता गरी उत्पादनमुलक काममा प्रयोग गर्ने ।
- वासिङ मेसिन, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर समेत हायरपर्चेजमा किन्न सकिने ।
- हिमालयन रिइन्स्योरेन्समा गर्नै पर्ने २० प्रतिशत पूनर्बीमा व्यवसायको बाध्यकारी व्यवस्था हटाइँदै, नेपाल पुनरर्बीमा कम्पनीलाई मात्रै विजनेश दिने ।
- नेपाली सेनाका जवानको आवास स्तरोन्नतीका लागि २ अर्ब विनियोजन ।












