विदेश पढ्न जाने विद्यार्थीले पनि कर तिर्नुपर्ने, कति बढ्ला लागत ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

विदेश पढ्न जाने विद्यार्थीले पनि कर तिर्नुपर्ने, कति बढ्ला लागत ?



काठमाडौँ । अबदेखि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले विदेशमा पैसा पठाउँदा उक्त रकमको ३ प्रतिशत शिक्षा सेवा शुल्क तिर्नुपर्ने भएको छ । यस्तो शुल्क विदेशमा पैसा पठाउने बैंकले नै लिएर राख्ने छ र त्यो पछि सरकारलाई बुझाउने छ ।

यसरी शिक्षक सेवा शुल्कको रकम नलिएमा वा लिएर पनि सरकारलाई नबुझाएमा वार्षिक १५ प्रतिशतको दरले सरकारलाई ब्याज बुझाउनु पर्ने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ ।

यसको मतलव सामान्य रुपमा जापानमा अध्ययन गर्न जाने विदार्थीले पनि १५ लाख रुपैयाँ हाराहारी पैसा विदेश पठाउनु पर्यो भने ४५ हजार रुपैयाँ यस्तो शुल्कको नाममा सरकारलाई बुझाउनु पर्ने भएको छ ।

अस्ट्रेलिया वा युरोप जानेहरुले औसत ३० लाख रुपैयाँ विदेशी शैक्षिक संस्थालाई भुक्तानी गरे भने अर्को ९० हजार रुपैयाँ सरकारलाई राजस्व तिर्र्नुपर्ने भएको छ । यसले विदेश पढ्न जान चाहने विद्यार्थीको खर्चमा राम्रै बृद्धि हुने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्