सामसङले विश्वकपका लागि टिभी विशेष अफरको घोषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सामसङले विश्वकपका लागि टिभी विशेष अफरको घोषणा



काठमाडौं । सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्नो टिभी लाइनअपमा विशेष अफरको घोषणा गरेको छ । जसको उद्देश्य घरभित्रै स्टेडियमको जस्तो अनुभव प्रदान गर्नु हो ।

यो विशेष योजना सन् २०२६ जुलाई १९ सम्म लागू हुने सामसुङले जनाएको छ । यस अफर अन्तर्गत ग्राहकले चुनिएका सामसङ टिभी मोडलहरूको खरिदमा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । जसले विश्वकपको अवसरमा अझ ठूलो र अझ स्पष्ट स्क्रिनमा अपग्रेड गर्ने उत्कृष्ट मौका प्रदान गर्दछ ।

उत्कृष्ट इमर्सिभ अनुभवका लागि ७५ इन्च वा ८५ इन्चका टिभी मोडल खरिद गर्ने ग्राहकहरूले ४९ हजार ९९० रुपैयाँ मूल्य पर्ने साउन्डबार मात्र ९ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्ने कम्पनील्े जनकारी दिएको छ । जसले स्क्रिनको दृश्यसँगै शक्तिशाली अडियो थपेर खेलको वास्तविक अनुभूति गराउने कम्पनीको भनाई छ ।

विश्वकप सिजनमा खेल मात्र नभई थप मनोरञ्जन पनि सहजै उपलब्ध गराउन सामसङले नि:शुल्क वल्र्ड कप लाइभ सब्सक्रिप्सनका साथै १२ महिनासम्मको नि:शुल्क नेटटीभी प्याकेज पनि दिइरहेको छ । क्युएलइडी र युएचडी मोडलहरूमा १२ महिनाको नि:शुल्क नेटटीभी प्याकेज उपलब्ध हुन्छ भने एफएचडी र एचडी मोडलहरूमा ६ महिनाको नि:शुल्क नेटटीभी प्याकेज उपलब्ध गराइएको छ ।

यसले ग्राहकहरूलाई कम झन्झटमा बढी मूल्यसहित लाइभ खेल र मनोरञ्जन प्राप्त गर्न मद्दत गर्नेछ ।
यस योजनामा विभिन्न सेग्मेन्ट अनुसार टिभी अफरहरू निर्धारण गरिएका छन् । ५५ देखि ८५ इन्चका क्युएलइडी टिभीहरूमा २५ प्रतिशतसम्म क्यासब्याक, १२ महिनाको नेटटीभी प्याकेज र वल्र्ड कप लाइभ सब्सक्रिप्सन उपलब्ध छ । जसमा ७५ देखि ८५ इन्चका मोडलमा मात्र ९ हजार ९९९ रुपैयाँमा साउन्डबार पाइने कम्पनीले जनाएको छ ।

४३ देखि ६५ इन्चका युएचडी टिभीमा १० प्रतिशत क्यासब्याक र १२ महिनाको नेटटीभी (ल्भ्त्त्ख्) प्याकेज सहित वल्र्ड कप लाइभ सब्सक्रिप्सन दिइएको छ । ४३ इन्चको एफएचडी टिभीमा ७ प्रतिशत क्यासब्याक र ६ महिनाको नेटटीभी प्याकेज उपलब्ध छ भने ३२ इन्चको एचडी टिभी खरिदमा २१ प्रतिशत क्यासब्याकका साथै ६ महिनाको नेटटीभी प्याकेज र वल्र्ड कप लाइभ सब्सक्रिप्सन को सुविधा रहेको छ ।

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको इएमआई योजनामा टिभी खरिद गर्न सक्नेछन् ।

नयाँ सामसङ टिभीमा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्कोस्टोर मार्फत वा नेपालभरका आधिकारिक सामसङ रिटेल स्टोरहरूबाट सिधै पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्ने व्यवस्था मिलाइएको छ । अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकैको आधिकारिक सामसङ स्टोरमा गएर विस्तृत विवरण बुझ्न सक्नुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्