कुमारी बैंक लिमिटेड र नेसनल पाथ ल्याबबीच सम्झौता - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कुमारी बैंक लिमिटेड र नेसनल पाथ ल्याबबीच सम्झौता



काठमाडौं। कुमारी बैंक लिमिटेड र नेसनल पाथ ल्याब एन्ड रिसर्च सेन्टर बीच बिशेष सम्झौता भएको छ। टंगाल–काठमाडौंबीच कुमारी बैंकका ग्राहक महानुभावलाई ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

यस सम्झौताअनुसार ल्याबबाट प्रदान गरिने सेवामा ग्राहकहरूले १० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्। विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बैंकले मेडान्टा, इन्द्रप्रस्थ अपोलोलगायत देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौतासमेत सम्पन्न गरिसकेको छ, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ।

बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधार तथा थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात् गर्दै बैंकले आगामी दिनमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्