नेप्सेमा १४ अंकको वृद्धि, लगानी बाहेकका सबै उपसूचकमा हरियाली - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

नेप्सेमा १४ अंकको वृद्धि, लगानी बाहेकका सबै उपसूचकमा हरियाली



काठमाडौं । बुधबार लगातार दोस्रो दिन सेयर बजारमा सुधार देखिएको छ। हिजो मंगलबार ११ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज नेप्से आज पनि १४ अंकले बढेर २५ सय ९० दशमलव २९ बिन्दुमा पुगेको छ।

आज लगानी समुहको उपसूचक बाहेक सबै उपसूचकहरुमा हरियाली छाएको छ। यसदिन सर्वाधिक विकास बैंक १.३७ र निर्जीवन बीमा समुहको उपसूचक १.०३ प्रतिशतले उकालो लागेको छ ।

आज १९५ कम्पनकिो सेयर मूल्य बढेकोमा ६० वटाको घटेको छ। यस्तै १९ वटा कम्पनीको सेयर मूल्यमा कुनै घटबढ भएको छैन।

नेप्से परिसूचक बढे पनि आज कारोबारमा भने भारी गिरावट आएको छ। आज ३६२ वटा कम्पनीका ८४ लाख ६९ हजार ११० कित्ता शेयर ४ अर्ब १६ करोड ४३ लाख ३३ हजार रुपैयाँमा किनबेच भएको छ ।

हिजो ३८३ वटा कम्पनीका १ करोड ८२ लाख कित्ता शेयर ८ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्