बजेट कार्यान्वयनका लागि अर्थमन्त्रीको अग्रसरता: प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल सुरु
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सरोकारवाला निकायहरूसँग छलफल सुरु गरेका छन् ।
अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयनमा प्रत्यक्ष जोडिने प्रमुख मन्त्रालयका सचिवहरूसँग अर्थमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय बैठक सुरु भएको हो।
उक्त बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा. घनश्याम उपाध्यायको विशेष उपस्थिति रहेको छ।
बैठकमा पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिव तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।
नयाँ आर्थिक वर्षको बजेटलाई समयमै र नतिजामुखी ढङ्गले कार्यान्वयनमा लैजानका लागि कार्ययोजना निर्माण र अन्तर-मन्त्रालय समन्वयका विषयमा बैठकमा छलफल भइरहेको छ।
















