३ अर्बको ऋणपत्र निष्काशन गर्दै लक्ष्मी सनराइज बैंक, वार्षिक ७ प्रतिशत  ब्याजदर - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

३ अर्बको ऋणपत्र निष्काशन गर्दै लक्ष्मी सनराइज बैंक, वार्षिक ७ प्रतिशत  ब्याजदर



काठमाडाैं । लक्ष्मी सनराइज बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएकाे छ। बैंकले साउन १४ गतेदेखि १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्न लागेको हो।

३० लाख कित्ता ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा साउन १९ गते हुनेछ भने ढिलोमा साउन २८ गते हुनेछ।


प्रतिक्रिया दिनुहोस्