लगातार छैटौँ दिन पनि बढ्यो नेप्से, ६ अर्ब ६७ करोडमाथिको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ।
मंगलबार कारोबारको अन्त्यसम्म नेप्से परिसूचक ७.२५ अंक (०.२६ प्रतिशत) ले बढेर २,७२६.४९ बिन्दु मा पुगेको छ।
यस दिन ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कुल १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर ७५ हजार १० पटकको कारोबार मार्फत किनबेच भएको छ।
कारोबार भएका १४३ कम्पनीमध्ये १०३ कम्पनीको शेयर मूल्य बढेको, १६२ कम्पनीको घटेको तथा १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
आजको कारोबारमा वाणिज्य बैंक, लगानी, उत्पादन तथा प्रशोधन समुहको उपसूचक बढेको छ भने व्यापार समुह सर्वाधिक २.८८ र अन्य समुहको उपसूचक १.२० प्रतिशतले बढेको छ। यस्तै बाँकी सबै उपसूचकहरु घटेका छन् ।













