सेयर बजारमा दाेहाेराे अंककाे करेक्सनः नेप्से झन्डै १४ अंकले घट्यो, ५ अर्बमा खुम्चियाे काराेबार
काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखीएकाे छ।
लगातार ६ दिन बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज १३.९५ अंकले घटेर २७ सय १२ दशमलब ५४ बिन्दुमा झरेको छ।
आज नेप्से सँगे कारोबार रकम पनि घटेको छ। यसदिन ३४६ कम्पनीको १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको छ।
हिजाे १४३ कम्पनीकाे १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ। त्यस्तै ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आजको कारोबारमा फाइनान्स र उत्पादन तथा प्रशाेधन समुहकाे उपसूचक बढेका छन् भने बाँकी सबै समुहका उपसूचक राताम्य बनेका छन् । यसदिन व्यापार समूहकाे उपसूचक सर्वाधिक २.६० प्रतिशत र निर्जीवन बीमा समूहकाे उपसूचक १.२६ प्रतिशत ले घटेको छ।













