लयमा फर्किर्यो सेयर बजारः १४.१७ अंकले बढ्यो नेप्से, साढे ४ अर्ब माथिको कारोबार
काठमाडौं । बिहिबार पुनः सेयर बजार लयमा फर्किएको छ। लगातार ६ दिन बढेको सेयर बजारमा हिजो भने गिरावट आएको थियो आज फेरी नेप्सेमा दाेहाेराे अंककाे वृद्धि देखिएको हाे।
आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.१७ अंकले बढेर २७ सय २६ दशमलव ७२ विन्दुमा पुगेको छ।
नेप्से परिसूचक बढे पनि यसदिन कारोबार रकम भने घटेको छ। आज ३३८ कम्पनीको १ कराेड ७७ हजार २२२ कित्ता शेयर ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको छ।
हिजो ३४६ कम्पनीको १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज लगानी र अन्य समुहका उपसूचक मध्ये बाँकी सबै उपसूचकहरू बढेका छन् । यसदिन व्यापार समुकाे उपसूचक २.५८ र जलविद्युत समुहकाे उपसूचक १.१२ प्रतिशत बढेकाे छ।
आजकाे काराेबारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ। त्यस्तै १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
यसदिन एभरेष्ट कलर लिमिटेडकाे सेयर मूल्य सर्वाधिक १४.९९ र स्नाे रिभर लिमिटेडकाे सेयर मूल्य १३.७१ प्रतिशतले बढेकाे छ। यता कुथेली बुखरी स्मल हाईड्रोपावरको सेयर मूल्यमा भने १५ प्रतिशतकाे नेगेटिभ सर्किट लागेकाे छ।













