८ श्रावण २०८३, शुक्रबार

बीमा दाबीमा ढिलाइ हटाउन डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्न प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्ने निर्णय गरेको छ । बीमा दाबीमा डिजिटल ट्रयाकिङ प्रणाली तयार गरी ३ महिनाभित्र लागू गर्न बीमकहरुलाई प्राधिकरणले निर्देशन दिएको हो।

प्राधिकरणका अनुसार डिजिटल ट्र्याकिङ प्रणालीमार्फत बीमितले बीमा दाबीको सूचना बीमा कम्पनीलाई अवगत गराएपछि दाबी भुक्तानी हुँदासम्मका प्रत्येक चरणको जानकारी अब डिजिटल रुपमै प्राप्त हुनेछ ।

यो प्रणाली कार्यान्वयनमा आएपछि बीमितले आफ्नो दाबी प्रक्रिया कुन अवस्थामा पुगेको छ, कुनै चरणमा रोकिएको भए त्यसको कारणसहितको विवरण डिजिटल माध्यमबाट वास्तविक समयमै हेर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्