नेपाल नआउँदै दिपल निभो क्यू ०५ ले जित्यो गोल्डेन ए’ डिजाइन अवार्ड
काठमाडौं । नेपाल आउने तयारीमा रहेको दिपल निभो क्यू ०५ ले प्रतिष्ठित गोल्डेन ए डिजाइन अवार्ड प्राप्त गरेको छ । आधुनिक डिजाइन, नविनता र प्रयोगकर्ताकेन्द्रित अवधारणका लागि यो प्रिमियम कारले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको हो ।
गोल्डेन ए’ डिजाइन अवार्ड असाधारण सिर्जनशिलता, प्राविधिक उत्कृष्टता र प्रभावकारी डिजाइन प्रस्तुत गर्ने उत्पादनलाई प्रदान गर्ने गरिन्छ । परम्परागत सोचलाई चुनौती दिने, सम्बन्धित विधालाई नयाँ दिशा दिने र डिजाइन तथा प्रविधिमार्फत उल्लेखनीय मूल्य सिर्जना गर्ने क्षमताका आधारमा गोल्डेन विजेताहरु छनोट गरिन्छ । यस उपलब्धीले निभो क्यु०५ लाई डिजाइन उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्ने विश्वव्यापी रुपमा प्रशंसित उत्पादनहरुको सूचीमा उभ्याएको छ ।
चांगान ग्लोबल डिजाइन सेन्टरले विकास गरेको क्यू०५ ले चांगान अटोमोबाइलको स्मार्ट तथा न्यून कार्बन मोबिलिटी प्रविधि कम्पनीमा रुपान्तरण हुने दीर्घकालिन यात्रालाई प्रतिबिम्बित गर्छ । सन् १९९६ मा स्थापित यस डिजाइन सेन्टरले अग्रगामी अनुसन्धान, उत्पादन डिजाइन, डिजिटल मोडलिंग, प्रयोगकर्ता अनुभव, रंग तथा सामग्री छनोट, इन्जिनियरिंग र गुणस्तर व्यवस्थापनजस्ता क्षेत्रमा विशेषज्ञता समेटेको छ ।
निभो चांगानको भावी रणनीतिको प्रमुख आधार हो । यसलाई आम परिवारका लागि ‘स्मार्ट मोबिलिटी कम्प्यानियन’का रुपमा स्थापित गरिएको छ । पर्याप्त स्पेस, व्यवहारिक उपयोगिता, स्मार्ट प्रविधि, आराम, भरपर्दो रेन्ज र सहज चार्जिंगलाई उत्कृष्ट मूल्यसँग जोडिएका नयाँ पुस्ताका सवारीसाधन उपलब्ध गराउनु ब्रान्डको उद्देश्य हो ।
यो अवार्डले आधुनिक जीवनशैली अनुकुल नयाँ पुस्ताको एसयुभीका रुपमा क्यू०५ को स्थान थप बलियो बनाएको छ । यसको डिजाइनले प्रभावशाली तथा आधुनिक रोड प्रेजेन्सलाई परिवाको दैनिक आवश्यकतासँग सन्तुलित बनाएको छ ।
१६३ वर्षको औद्योगित इतिहास र ४१ वर्षको कार उत्पादनको अनुभव बोकेको चांगानले विश्वस्तरीय अटोमोबाइल ब्रान्ड बन्ने यात्रालाई तीव्रता दिइरहेको छ । दिपल निभो क्यू०५ नाडा अटो सोमा नेपालमा सार्वजनिक हुँदैछ ।













