यामाहाको पार्टनर्स मिटमा सहभागी हुन डिलर टोली थाइल्यान्ड प्रस्थान
काठमाडौं । यामाहा नेपालको आयोजनामा थाइल्यान्डको पटायामा जुलाई २७ देखि ३१ सम्म हुने ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन यामाहा नेपालका देशभरका डिलर तथा साझेदारहरूको टोली थाइल्यान्ड प्रस्थान गरेको छ।
यामाहा नेपालका अनुसार कार्यक्रममा देशभरका साझेदारलाई एउटै मञ्चमा ल्याई अनुभव आदानप्रदान, सिकाइ तथा आगामी रणनीतिबारे साझा दृष्टिकोण विकास गर्ने उद्देश्य राखिएको छ। कम्पनीले यसलाई आफ्नो नेटवर्कको अहिलेसम्मकै महत्वपूर्ण कार्यक्रममध्ये एकका रूपमा लिएको जनाएको छ।
एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवाल पनि यामाहा नेपालका प्रतिनिधि र डिलरहरूसँगै कार्यक्रममा सहभागी हुन थाइल्यान्ड गएका छन्। कम्पनीका अनुसार उनको सहभागिताले यामाहा नेपाल र देशभरका डिलरबीचको दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
कार्यक्रममा यामाहा मोटरका अध्यक्ष हाजिमे आओटाको विशेष सहभागिता रहने जनाइएको छ। यस अवसरमा नेपाली साझेदारहरूले यामाहाको विश्वव्यापी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने तथा कम्पनीको भावी रणनीतिबारे जानकारी प्राप्त गर्ने अवसर पाउनेछन्।
‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ नारासहित आयोजना गरिएको कार्यक्रममा साझेदारहरूको योगदानको सम्मान गरिनुका साथै आगामी वर्षका लागि साझा लक्ष्य र कार्यदिशा तय गरिने कम्पनीले जनाएको छ।
यामाहा नेपालका अनुसार देशभरका साझेदारलाई विदेशमा एउटै साझा मञ्चमा सहभागी गराउनु कम्पनीले साझेदारी, एकता र दीर्घकालीन सहकार्यलाई दिएको प्राथमिकताको प्रतीक हो। कम्पनीले यस्ता कार्यक्रममार्फत आफ्नो डिलर नेटवर्कसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै बजार विस्तारको रणनीतिलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ।
पार्टनर्स मिट २०२६ सम्पन्न भएपछि यामाहा नेपाल र यसको डिलर नेटवर्क नयाँ ऊर्जा, साझा लक्ष्य र आगामी योजनासहित स्वदेश फर्किने कम्पनीको अपेक्षा रहेको छ।













