१४ श्रावण २०८३, बिहिबार

सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो



काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्यमा भने केही गिरावट आएको छ। सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो। बुधबार प्रतितोला ४ हजार ३२० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ।