प्रतितोला १८ सय रुपैयाँले घट्यो सुनकाे भाउ, चाँदी पनि सस्तियो
काठमाठाैं । आइतबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ। गत शुक्रबार ताेला १ हजार रूपैयाँले बढेकाे सुनकाे भाउ आज ताेलामा १ हजार ८०० रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ प्रतिताेला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएकाे छ। अघिल्लाे काराेबार दिन शुक्रबार छापावाल सुन प्रतिताेला २ लाख ८५ हजार रुपैयाँका किनबेच भएकाे थियाे ।
यस्तै आज चाँदीकाे भाउ पनि ताेलामा ४५ रुपैयाँले घटेर प्रतिताेला ४ हजार ३१५ रुपैयाँ तोकिएको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।













