१८ श्रावण २०८३, सोमबार

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मस इन्डस्ट्रिजको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न



काठमाडौं । नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने अग्रणी कम्पनी लिट्मस इन्डस्ट्रिज लिमिटेडले आफ्नो चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा देशभरबाट करिब २०० जना च्यानल पार्टनर (डिलर) को सहभागिता रहेको कम्पनीले जनाएको छ।

हरेक वर्ष आयोजना हुने यस कार्यक्रमको उद्देश्य कम्पनी र डिलर नेटवर्कबीचको सहकार्यलाई अझ सुदृढ बनाउनु, साझेदारहरूको योगदानको सम्मान गर्नु तथा आगामी रणनीति र योजनाबारे जानकारी आदानप्रदान गर्नु रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा लिट्मस इन्डस्ट्रिजको १५ वर्षभन्दा लामो यात्रालाई समेटिएको प्रस्तुति दिइएको थियो। प्रस्तुतीमा कम्पनीको विकासक्रम, बजार नेतृत्व, उत्पादन क्षमता, महत्वपूर्ण उपलब्धि तथा भावी रणनीतिबारे जानकारी गराइएको थियो। साथै, अत्याधुनिक प्रविधि, निरन्तर नवप्रवर्तन र विश्वस्तरीय उत्पादन मापदण्डमार्फत उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउने प्रतिबद्धता पनि कम्पनीले दोहोर्‍याएको छ।

डिलर नेटवर्कको योगदानको कदर गर्दै कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने १२ जना डिलरलाई विभिन्न विधामा सम्मान गरेको छ। ‘राइजिङ स्टार’, ‘पेमेंट एक्सिलेन्स’ तथा प्रतिष्ठित ‘लिट्मस एक्सिलेन्स अवार्ड’ लगायतका विधामा पुरस्कार प्रदान गर्दै उत्कृष्टता, विश्वास र दीर्घकालीन साझेदारीको सम्मान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले गुणस्तरमा कुनै सम्झौता नगर्ने कम्पनीको नीति दोहोर्‍याए। उनले लिट्मसका लागि गुणस्तर केवल प्राथमिकता मात्र नभई ब्रान्डको आधार र प्रत्येक ग्राहकप्रतिको प्रतिबद्धता भएको बताए।

उनले देशभर फैलिएको च्यानल पार्टनर नेटवर्कको योगदानप्रति गर्व व्यक्त गर्दै डिलरहरूको विश्वास र निरन्तर साथले कम्पनीलाई नयाँ प्रविधि अपनाउन, उच्च उत्पादन मापदण्ड कायम राख्न तथा नेपालको विद्युत् र पूर्वाधार क्षेत्रको विकासमा थप योगदान दिन प्रेरित गरेको उल्लेख गरे।

कम्पनीका अनुसार, लिट्मस इन्डस्ट्रिजको सफलता आफ्ना साझेदारहरूसँगको बलियो र दीर्घकालीन सम्बन्धमा आधारित छ। ‘पावर पार्टनर्स मिट २०८३’ ले साझा मूल्य सिर्जना, नवप्रवर्तनलाई प्रवर्द्धन तथा नेपालको विद्युत् र पूर्वाधार क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ।