सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीलाई स्पा सेवा सहज र सहुलियतपूर्ण बनाउन ट्रान्क्विलिटी स्पासँग छुटसम्बन्धी सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका कर्मचारीले ट्रान्क्विलिटी स्पामा व्यक्तिगत स्पा सेवामा २५ प्रतिशत र व्यक्तिगत ब्युटी सेवामा १५ प्रतिशत छुट पाउनेछन्। त्यसैगरी, बैंकमा खाता भएका ग्राहकले व्यक्तिगत स्पा सेवामा २० प्रतिशत तथा व्यक्तिगत ब्युटी सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्।
सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका वरिष्ठ नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशी र ट्रान्क्विलिटी स्पाकी लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरेका छन्। यो सम्झौता साउन २०८३ देखि दुई वर्षसम्म लागू रहनेछ।
बैंकले यस सम्झौताबाट आफ्ना ग्राहक तथा कर्मचारीले गुणस्तरीय सेवा सहुलियतपूर्ण शुल्कमा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।
हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउँदै बैंकले आगामी दिनमा पनि आफ्ना सेवा तथा सुविधालाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।













