मनोज पौडेल र जितेन्द्र धिताललाई पछि पार्दै लगानी बोर्डको सीईओ बनिन् याङ्की उक्याब
काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकपछि उक्त निर्णय सार्वजनिक गरेका हुन्।
सीईओ छनोटका लागि गठित सिफारिस समितिले मन्त्रिपरिषद्समक्ष तीन जनाको नाम पेश गरेको थियो। अर्थमन्त्रीको संयोजकत्वमा रहेको समितिले यांकी उक्याब, मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो।
तीन प्रतिस्पर्धीमध्ये मन्त्रिपरिषद्ले उक्याबलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त सीईओ याङ्की उक्याब प्रख्यात आँखा चिकित्सक डा. सन्दुक रुइतकी भतिजी पनि हुन्।













