२१ श्रावण २०८३, बिहिबार

सुस्तायाे सेयर बजारः नेप्से २६५४ बिन्दुमा झर्दा २०२ कम्पनीका लगानीकर्ताले गुमाए



काठमाडौं । बिहीबार सेयर बजार फेरि ओरालो लागेको छ। आज नेप्से परिसूचक १३ दशमलव ८२ अंकले घटेर २ हजार ६५४ दशमलव १५ बिन्दुमा झरेको हो। बुधबार भने नेप्से परिसूचक ४ दशमलव ७९ अंकले बढेको थियो।

नेप्से घटे पनि यसदिन काराेबार भने बढेकाे छ। आज ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैँयामा कारोबार भएको छ।

हिजाे ३५० कम्पनीको १ करोड ६७ हजार ७ सय ३२ कित्ता सेयर ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैँयामा कारोबार भएको थियाे।

व्यापार समुहकाे उपसूचक बढेकाे यसदिन बाँकी सबै १२ वटै समुहका उपसूचक घटेका छन् । आज ४ कम्पनीको मूल्य बढेको छ भने २०२ कम्पनीको सेयर मूल्य घटेको छ ।त्यस्तै १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज अपर लोहोरे खोला हाइड्रोपावरकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने ‘एलएस होराइजन १२’ म्युचुअल फन्ड योजनाकाे सेयर मूल्य सर्वाधिक ६.५० प्रतिशत घटेकाे छ।