हुलास स्टिल इन्डस्ट्रिजद्वारा ‘हुलास डे २०२६’ सम्पन्न
काठमाडौं। दिवाकर गोल्छा अर्गनाइजेसन अन्तर्गतको हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले बारास्थित आफ्नो कारखाना परिसरमा ‘हुलास डे २०२६’ सम्पन्न गरेको छ।
कम्पनीले सामुदायिक सहभागिता र दिगोपनलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा वृक्षारोपण अभियान, कर्मचारीका लागि निःशुल्क दन्त स्वास्थ्य शिविर तथा कम्पनीका वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) सम्बन्धी पहल र उपलब्धिबारे प्रस्तुति गरिएको थियो।
ईएसजी प्रस्तुतिका क्रममा कम्पनीले १ हजार ३१८ किलोवाट पिक क्षमताको छानामाथि जडान गरिएको सौर्य ऊर्जा प्रणाली, भट्टी तथा जेनेरेटरको विद्युतीकरण, आफ्नै इफ्लुएन्ट ट्रिटमेन्ट प्लान्ट (ईटीपी), व्यवस्थित फोहोर व्यवस्थापन प्रणाली र कारखाना परिसरमा विस्तार भइरहेको हरित क्षेत्रबारे जानकारी दिएको थियो।
कम्पनीले आईएसओ १४००१ प्रमाणीकरण तथा कार्बन बोर्डर एड्जस्टमेन्ट मेकानिजम (सीबीएएम) अनुरूपको तयारीलाई पनि आफ्नो दिगोपनसम्बन्धी पहलका रूपमा प्रस्तुत गरेको थियो।
कार्यक्रममा उत्कृष्ट योगदान पुर्याउने कर्मचारीलाई सम्मान गरिएको थियो। कम्पनीले कर्मचारीको योगदानको कदर गर्दै संस्थागत उत्कृष्टता, वातावरणीय जिम्मेवारी र दिगो विकासप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने जनाएको छ।













