लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको नाफा साढे ४ लाख बढी, यस्ता छन् अन्य सूचक
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ लाख ६२ हजार २४८ रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको नाफा ९५.९८ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ करोड १४ लाख ९७ हजार ४६२ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
व्यवसाय विस्तारको क्रममा कम्पनीको कुल बीमाशुल्क आर्जन उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा कम्पनीले ८३ करोड १८ लाख ६७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्ष ५४ करोड ७३ लाख ३० हजार रुपैयाँ थियो। यसैगरी, पुनर्बीमा बापतको रकम छुट्याएर कम्पनीको खुद बीमाशुल्क आर्जन ४४ करोड १३ लाख ३२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो खुद बीमाशुल्क आर्जन २७ करोड १४ लाख ६९ हजार रुपैयाँ रहेको थियो।
वित्तीय विवरण अनुसार कम्पनीको शेयर प्रिमियम खातामा शून्य रकम रहेको छ भने आपत्कालीन अवस्थाका लागि छुट्याइएको महाविपत्ति कोषमा ८ लाख ६७ हजार १४४ रुपैयाँ जम्मा भएको छ। यस्तै, कम्पनीको जगेडा तथा अन्य इक्विटी शीर्षकमा १ करोड ८१ लाख ५१ हजार रुपैयाँ कायम भएको छ।
बीमितहरूको दायित्व सुरक्षित गर्ने मुख्य जीवन बीमा कोषमा ठूलो आकारको वृद्धि देखिएको छ। समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर ४४ करोड ८२ लाख ६० हजार रुपैयाँ पुगेको छ, जो अघिल्लो वर्षको सोही अवधिसम्म १९ करोड २६ लाख १९ हजार रुपैयाँ रहेको थियो।
नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) मा पनि प्रभाव परेको छ। समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ९ पैसा अर्थात् ०.०९ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष २ रुपैयाँ १९ पैसा रहेको थियो।













