गार्डियन माइक्रो लाइफको अधिकांश सूचकमा चमक: जीवन बीमा कोष १९७ प्रतिशतले बढ्याे, अन्य सूचक कस्ता ?
काठमाडौं । गत आर्थिक वर्षमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको नाफा बाहेक अधिकांश सूचक बढेका छन् ।
शनिबार प्रकाशित गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष कम्पनीको नाफा ३२.८३ प्रतिशतले घटे १ करोड ६० लाख रुपैयाँमा झरेकाे छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यता समीक्षा वर्षमा कम्पनीको बीमा कोषको आकार १९७ प्रतिशतले बढेर ४४ करोड ९१ लाख रुपैयाँ पुगेकाे छ। अघिल्लो वर्ष कम्पनीकाे जीवन बीमा कोषमा २१ करोड ४९ लाख रुपैयाँ थियो।
यस्तै यस अवधिमा कम्पनीकाे कुल बीमाशुल्क आर्जन २७.५५ प्रतिशतले बढेको छ।अघिल्लो वर्षमा ४५ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले समीक्षा वर्षमा कम्पनीले ५८ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
कम्पनीकाे खुद बीमाशुल्क आर्जन २३ प्रतिशतले बढेको छ। असार मसान्तसम्ममा कम्पनीले ४९ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३९ करोड ९६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
शेयरपुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २.१४ रुपैयाँ कायम भएको छ। समीक्षा वर्षमा प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ६१ पैसा छ ।
समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ४१ लाख ९१ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ३ करोड १ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड २ लाख रुपैयाँ रहेको छ।













