१० भदौ २०८३, बुधबार

रसुवा भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी तथा उद्धार कार्य जारी



काठमाडौँ । रसुवामा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी रहेको छ। प्राप्त पछिल्लो विवरणअनुसार रसुवा भन्सार कार्यालयमा ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेकोमा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा रहेका छन्।

त्यस्तै, कार्यालयमा कार्यरत चार जना करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना सम्पर्कमा आएको जनाइएको छ। हालसम्म ११ जना स्थायी कर्मचारी र तीन जना करार तथा ज्यालादारी कर्मचारी सम्पर्कमा आएका छैनन्। यसरी भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

उनीहरूको अवस्था यकिन गर्न सम्बन्धित निकायले खोजी तथा उद्धार कार्य अघि बढाइरहेको छ। सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको छ।