भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाख सहयोग
काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि इन्स्योरेन्सले ५१ लाख तथा संचालक र कर्मचारीहरुको २१ लाख योगदान सहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रकम सहयोग गरेको हो ।
इन्स्योरेन्सले दिवङ्गत आत्माहरू प्रति श्रद्धासुमन तथा घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेको छ।








