साताको अन्तिम दिन २८ अंकले बढ्याे नेप्से, कारोबार रकम ४ अर्ब ३६ करोड नाघ्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। हिजो १७.३२ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज २७.९४ अंकले बढेर २५ सय ५९ दशमलव ४९ बिन्दुमा पुगेको छ।
आज १३ वटै समुहका उपसूचकमा हरियाली छाएको छ। यसदिन जलविद्ययुत समुहको उपसूचक १.८३, निर्जीवन बीमा १.७२, लगानी १.५८, व्यापार १.४० र विकास बैंक १.०५ प्रतिशतले बडेको छ।
नेप्सेसँगै यसदिन कारोबार रकम पनि घटेको छ। आज ३४५ कम्पनीको १ करोड २० लाख ८९ हजार ७०९ कित्ता सेयर ४ अर्ब ३६ करोड १ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको छ।
हिजो ३४१ कम्पनीको १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता सेयर ४ अर्ब ९ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज २३७ कम्पनीको सेयर मूल्य बढ्दा ३१ वटा कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ । यसदिन उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक १०.५३ र अभियान लघुवित्तको सेयर मूल्य १०.०९ प्रतिशतले बढेको छ।












