१ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री राहत कोषमा १ हजार सहयोग गरेका एक जनाले जिते १ लाख उपहार



काठमाडौं। प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहक करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँ पुरस्कारका लागि छनोट भएका छन्। आन्तरिक राजस्व विभागले भदौ महिनाका लागि करदाता प्रोत्साहन कार्यक्रमका विजेताको नाम सार्वजनिक गरेको हो।

विभागका अनुसार प्रधानमन्त्री राहत कोषमा रकम योगदान गरेका ती ग्राहकलाई १ लाख रुपैयाँको पुरस्कार परेको छ। पुरस्कार विजेताको कुपन नम्बर  ०४२६१८४७७६२० रहेको छ।

सरकारले यो कार्यक्रमअन्तर्गत प्रत्येक १५ दिनमा विजेता घोषणा गर्ने व्यवस्था गरेको भए पनि यसपटक भदौ महिनाका विजेताको घोषणा मासिक रूपमा गरिएको हो। भदौ १० गते आएको बाढीका कारण भदौ १६ मा तय गरिएको कार्यक्रम प्रभावित भएपछि घोषणा प्रक्रिया पछि सरेको थियो।