२ आश्विन २०८३, शुक्रबार

साताको अन्तिम कारोबार दिन २२.८५ अंकले बढ्यो नेप्से, ६ अर्ब ७४ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.८५ अंकले बढेको छ। बजार परिसूचक ०.८७ प्रतिशतले वृद्धि हुँदै २,६४७.२२ विन्दुमा पुगेको हो।

शुक्रबार बजारमा कुल ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार अवधिमा २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता सेयर किनबेच भएका छन्।

बजारमा बढ्ने कम्पनीको संख्या उल्लेख्य रह्यो। शुक्रबार १९६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७४ वटा कम्पनीको मूल्य घटेको छ। त्यस्तै ९ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

आज १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १.५२ प्रतिशतले बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंकले घटेको छ।

यससँगै साताको अन्तिम कारोबार दिन समग्र बजारमा खरिद चाप देखिएको छ। कारोबार रकम ६ अर्ब रुपैयाँभन्दा माथि रहनुले बजारमा लगानीकर्ताको सक्रियता बढेको देखाएको छ।