२९ आश्विन २०८३, बिहिबार

दसैँ, तिहार र छठलाई लक्षित गर्दै चङ्गनद्वारा २४ सै घण्टा सडक सहायता सेवा घोषणा



काठमाडौं। नेपालमा चङ्गन ब्रान्डको आधिकारिक प्रतिनिधि एमएडब्लु वृद्धि अटाे कर्प प्रालीले देशभरका ग्राहकलाई भरपर्दो बिक्रीपछिको सेवा र सहयोग प्रदान गर्ने प्रतिबद्धताअनुरूप चङ्गन केयर २४×७ सडक सहायता सेवा सुरु गरेको छ।

नेपालको प्रमुख चाडपर्व दशैं, तिहार तथा छठ नजिकिँदै गर्दा परिवार तथा आफन्तसँग भेटघाट गर्न र चाडपर्व मनाउन धेरै मानिसहरू यात्रामा निस्कने गर्छन्। यसैलाई मध्यनजर गर्दै चङ्गन केयर २४×७ ले ग्राहकको यात्रालाई थप सहज, सुरक्षित र ढुक्क बनाउने लक्ष्य राखेको छ।

चाडपर्व मनाउन घर फर्किने वा देशका विभिन्न गन्तव्यहरूमा घुम्न जाने क्रममा सवारीसाधनमा कुनै अप्रत्याशित समस्या आएमा ग्राहकले आवश्यक सडक सहायता प्राप्त गर्न सक्नेछन्।

यो सेवा एभटर, दिपाल र नेभाे ब्रान्डका ग्राहकहरूका लागि लागू हुनेछ। यसअन्तर्गत एभटर ०७ र ११, दिपाल एस ०७, एस ०५, इ ०७, र एल ०७ तथा नेभाे क्यु ०५ मोडलहरू समावेश छन्। सवारीसाधनमा अप्रत्याशित समस्या आइपर्दा भरपर्दो सहायता उपलब्ध गराउँदै ग्राहकको सवारी स्वामित्व अनुभवलाई अझ सहज र विश्वसनीय बनाउनु यस पहलको प्रमुख उद्देश्य हो।

“बिकज योर जर्नी म्याटर्स एभ्रीह्वेयर इन नेपाल” अर्थात् “नेपालको जुनसुकै स्थानमा पनि तपाईंको यात्रा हाम्रो लागि महत्त्वपूर्ण छ” भन्ने प्रतिबद्धताका साथ सञ्चालन हुने चङ्गन केयर २४×७ अन्तर्गत टोइङ सेवा, घटनास्थलमै मर्मत सहयोग, २४ घण्टे आकस्मिक सहायता, क्षेत्रीय सेवा पहुँच तथा समर्पित ग्राहक सहायता टोली उपलब्ध रहनेछ।

यस सेवाको सञ्जाल हाल नेपालका डाङ, धनगढी, बिर्तामोड, विराटनगर, नेपालगञ्ज, बुटवल, जनकपुर, वीरगञ्ज, चितवन, पोखरा तथा बालकुमारी, ललितपुर गरी ११ प्रमुख स्थानमा विस्तार गरिएको छ। यसले देशका प्रमुख सहर तथा विभिन्न क्षेत्रहरूमा ग्राहकलाई सडक सहायता प्राप्त गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ।

सडक सहायता आवश्यक परेमा ग्राहकहरूले ९७०४०२४३६५ मा सम्पर्क गरी सहयोग लिन सक्नेछन्।

चङ्गन केयर २४×७ मार्फत एमएडब्लु वृद्धिले एभटर, दिपाल र नेभाेका ग्राहकलाई अझ सहज, भरपर्दो र आश्वस्तकारी सवारी स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

विशेषगरी चाडपर्वको समयमा सुरक्षित र भरपर्दो यात्रा महत्त्वपूर्ण हुने भएकाले यो पहलले ग्राहकलाई हरेक यात्रामा सहयोग, सुविधा र विश्वास प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।