अष्टमीको दाेस्राे दिन पनि तोलामा ५०० रुपैयाँले बढ्यो सुन, चाँदी पनि महँगियो
काठमाडाैं । अष्टमीकाे दाेस्राे दिन आज सुनकाे मूल्य बढेकाे छ। हिजो आइतबार तोलामा ४ सय रुपैयाँले घटेकाे सुनकाे मूल्य आज ताेलामा ५०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ ताेलाकाे २ लाख ९० हजार २ सय रुपैयाँ ताेकिएकाे छ। हिजाे छापावाला सुन प्रतिताेला २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँ बढेर ४ हजार १ सय ८५ रुपैयाँ पुगेकाे छ।















