९ कार्तिक २०८३, सोमबार

दशैंपछिको पहिलो कारोबार दिन सुस्तायाे सेयर बजार: नेप्से ४.३४ अंकले ओरालो, कारोबार पनि खुम्चियो



काठमाडौं । दशैंपछिको पहिलो कारोबार दिन साेमबार सेयर बजारमा सामान्य गिरावट आएको छ ।

साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.३४ अंकले घटेर २६ सय २९ दशमलव ८२ बिन्दुमा झरेकाे छ।

आज जलविद्युत, उत्पादन तथा प्रशाेधन, म्युच्युअल फण्ड र व्यापार समुहका उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचकहरू घटेका छन्। यसदिन सर्वाधिक व्यापार १.११ र उत्पादन तथा प्रशाेधन १.०३ प्रतिशतले बढ्दा विकास बैंक समुहकाे उपसूचक सर्वाधिक १.२१ प्रतिशतले घटेकाे छ।

नेप्सेसँगै यसदिन काराेबार पनि खुम्चिएकाे छ। आज ३४१ वटा कम्पनीको १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता शेयर ४ अर्ब २४ लाख २१ हजार रुपैयाँमा किनबेच भएको छ ।

दशैँअघिको अन्तिम कारोबार दिन गत असाेज ३० गते ३४८ वटा कम्पनीको १ करोड ३३ लाख ७६ हजार ४८९ कित्ता शेयर ४ अर्ब ८८ करोड ८९ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।

आज ९९ वटा कम्पनीको शेयर बढेको छ भने १७१ वटाको घटेको छ । यस्तै ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

यसदिन बेनी हाइड्राेपावर प्राेजेक्ट लिमिटेडकाे सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेकाे छ भने चिरख्वा हाइड्रोपावर लिमिटेडकाे सेयर मूल्य ७.९२ प्रतिशत घटेकाे छ।