नेपाल टेलिकमले ल्यायो एनपीएल लक्षित आकर्षक ‘एनटीसी अन लिमिटेड प्याकेज’
काठमाडाैं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ ।
यस अन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले रु. ५९९ मा उक्त प्याकेज खरिद गर्न सक्नुहुनेछ । यस अन्तर्गत ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न सकिने छ भने प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ ।
आज (२०८३ कात्तिक १०) देखि आगामी २०८३ मंसिर ५ गते सम्म प्याकेज खरिद गर्न सकिने छ । सो प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।
‘एनपीएल अनलिमिटेड प्याकेज’ प्राप्त गर्नका लागि मोबाइलबाट *१४१५*९# डायल गर्न सकिने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिन्छ ।
नेपाल प्रिमियर लिग सिजन–३ को नेपाल टेलिकम अफिशियल टेलीकम पार्टनर समेत रहेको छ । नेपाली खेलकुद क्षेत्रको विकासका लागि नेपाल टेलिकम सदैव क्रियाशील रहेको छ ।















