एसियन लाइफका स्वतन्त्र सञ्चालक हेम बहादुर कार्कीद्वारा राजीनामा
काठमाडौं। एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक हेम बहादुर कार्कीले आफ्नो पदबाट राजीनामा दिएका छन्।
कम्पनीको सञ्चालक समितिको बैठकले कात्तिक १० गतेबाट लागू हुने गरि उनको राजीनामा स्वीकृत गरेको हाे।
कार्कीले कार्य व्यस्तताको कारण देखाउँदै सञ्चालकबाट राजीनामा दिएका हुन्।















