१२ कार्तिक २०८३, बिहिबार

लक्ष्मी सनराइज बैंकले घोषणा गर्‍यो लाभांश, नगद र बाेनस कति ?



काठमाडाैं । लक्ष्मी सनराइज बैंकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कात्तिक ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीकाे ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे।

जस अनुसार बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने छ।

याे लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।