तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा महानगरको पूर्ण प्रतिबन्ध, स्वदेशी फूल बिक्रीका लागि ताेकियाे स्थान
काठमाडौं। काठमाडौँ महानगरपालिकाले तिहारको अवसरमा फुल बिक्रिका लागि निश्चित स्थान ताेकेकाे छ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडाैं महानगरले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला र सजावटका सामग्री बिक्री वितरणमा पूर्ण राेक लगाएकाे छ।
नेपाली किसानहरूले उत्पादन गरेका फूल तथा मालाहरू सहज रूपमा महानगरले विभिन्न मल, मार्ट, चौर र खुला स्थानहरू तोकेको छ ।
महानगरले ताेकेका स्थानहरूमा बानेश्वर/शंखमूल क्षेत्रको एन.बि. सेन्टर, आइ प्लेक्स मल, सेल्स बेरी, बिग मार्ट शंखमूल, चाबहिल/सिफल क्षेत्रमा सिफल चौर, ए.सी. कम्प्लेक्स , चाबहिल गणेशस्थान तरकारी बजार, के.एल. टावर अगाडि, कालिमाटी/कलंकी/स्वयम्भू क्षेत्रमा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी चौखेल, कलंकी भाटभटेनी, स्वयम्भू धर्म चक्र पार्क, गोङ्गबु/माछापोखरी/नयाँ बजार क्षेत्रः माछापोखरी बुद्ध मल, माछापोखरी गुणस्तर खाल्डो, नयाँ बजार भ्याली कोल्ड स्टोर, गोङ्गबु बिग मार्ट रहेका छन्।
त्यस्तै, हाँडीगाउँ/महाराजगञ्ज/बालुवाटार क्षेत्रः हाँडीगाउँ ५ वडा अगाडिको डबली, हाँडीगाउँ ५ वडा गणेश मन्दिर डबली, सेल्सबेरी महाराजगञ्ज, बालुवाटार बिग मार्ट, बाँसबारी बिग मार्ट, सिटी सेन्टर/कोर एरिया: काठमाडौँ मल (सुन्धारा), भृकुटीमण्डप, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल, कमलादी , पुतलीसड, अनामनगर भाटभटेनी, न्युप्लाजा र अन्य स्थानहरूमा फोनेक्स टावर बत्तीसपुतली, तिनकुने चौर, कोटेश्वर स्मार्ट लगायतका स्थानमा पनि उपभाेक्ताहरूले सजिलै फुल तथा माला खरिद गर्न सक्नेछन्।
काठमाडौँ महानगरले नगर कार्यपालिकाको कार्यालयअन्तर्गतको महानगर प्रहरी बलले सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न/नगराउन सूचना जारी गरेकाे छ।
यसकाे अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्रीहरू जफत गरिने चेतावनी समेत दिएको छ ।















