१७ कार्तिक २०८३, मंगलबार

मंगलबार सुनको मूल्य सामान्य वृद्धि, चाँदीमा भने गिरावट



काठमाडौँ । मंगलबार पनि नेपाली बजारमा सुनकाे मूल्य सामान्य बढेकाे छ। हिजाे ताेलामा २ हजार ३०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज पनि प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यता आज चाँदीको मूल्य भने ताेलमा ४५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ३ हजार ७२० रुपैयाँ रहेको चाँदी आज ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।