गोदावरी फूलको प्रदर्शनीको पाँचौ दिन २१ लाख बढीको कारोबार
काठमाडौं। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा जारी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको ५ औं दिन सम्म १ करोड २१ लाख बढीको कारोबार भएको छ ।
कार्तिक १२ गतेबाट सुरु भएको यो मेलाको पाँचौ दिन सम्म ३७ हजार बढी अबलोकनकर्ताले अबलोकन गरेका छन् ।
प्रदर्शनीको प्रारम्भिक दिन अपेक्षाभन्दा राम्रो कारोबार भए पनि मौसममा आएको प्रतिकूलताका कारण शुक्रबार र शनिबार भएको अविरल वर्षाले प्रदर्शनी प्रभावित भएको थियो।
प्रदर्शनीको पहिलो दिन ८ हजार ९ सय, दोस्रो दिन ४ हजार २ सय, तेस्रो दिन १० हजार ७ सय, चौथो दिन ७ हजार २ सय ५० र पाँचौ दिन ६ हजार ७ सय ५६ जनाले मेला अबलोकन गरेका थिए । मेलाको पाँचौं दिन २१ लाख ५० हजारको कारोबार भएको थियो । बुधबार मेलाको अन्तिम दिन अझै कारोबार बढ्नुका साथै अबलोकनकर्ताहरुको भीड लाग्ने बिश्वास मेला संयोजक सुमन महर्जनले बताए ।
अबलोकनकर्ताहरु र ब्यबशायीहरुको अनुरोधमा मेला अबधी दुइ दिन थप गरि कार्तिक १८ गते सम्म थप गरिएको फ्लोरिकल्चर एशोसिएसनका कार्यसमिती सदस्य तथा मेला सहसंयोजक कृष्णराम थापाले बताए ।
प्रदर्शनीको अवधि थप भएसँगै अब इच्छुक सर्वसाधारणलाई कार्तिक १८ गते बुधबारसम्म जावलाखेलस्थित प्रदर्शनी स्थलमा पुगेर विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य सामग्रीको अवलोकन र खरिद गर्न एशोसिएसन नेपालले अनुरोध गरेको छ ।















