१७ कार्तिक २०८३, मंगलबार

नेपाल रि-लाई हकप्रद सेयर निष्कासनको बाटो खुल्यो: सरकारले थप पुँजी लगानी गर्ने



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएकाे छ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय गरेसँगै स्वीकृति निश्चित भएकाे हाे ।

सरकारले थप पूँजी लगानी नगर्ने निर्णय गरेपछि हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया रोकिएको थियो । मंगलबार मन्त्रिपरिषद्काे याे निर्णयसँगै रोकिएको प्रक्रिया अघि बढ्ने भएकाे हाे ।

नेपाल सरकारको ४४.४% र सर्वसाधारणको १६% सेयर स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीले व्यवस्थापनको सुझावअनुसार चुक्ता पुँजी २६ अर्ब रुपैयाँभन्दा बढी पुर्‍याउने लक्ष्य राखेको छ।

यसै लक्ष्यअनुसार कम्पनीले २०८२ साउनमा हाल कायम १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ बराबरको शतप्रतिशत (१:१) हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो।