१८ कार्तिक २०८३, बुधबार

सेयर बजारमा झिनो सुधार: नेप्से १.४० अङ्कले बढ्दा कारोबार रकम भने साढे ७ अर्ब नजिक



काठमाडाैं । बुधबार पनि सेयर बजारमा झिनाे अंककाे सुधार देखिएकाे छ। हिजाे ६.६२ अंकले बढेकाे नेपाल स्ट एक्सचेञ्ज नेप्से परिसूचक आज १.४० अंकले बढेर २६ सय ६५ दशमलव ५३ बिन्दुमा राेकिएकाे छ।

आज जीवन बीमा, म्युच्युअफ फण्ड समुहकाे उपसूचक बढेकाेमा सर्वाधिक अन्य ६.१८ र व्यापार समुहकाे उपसूचक १.११ प्रतिशतले बढेकाे छ भने बाँकी सबै उपसूचकहरू घटेका छन्।

नेप्सेसँगै षसदिन काराेबार पनि बढेकाे छ। आज ३५८ वटा कम्पनीको २ करोड १२ लाख २३ हजार ४१४ कित्ता शेयर ७ अर्ब ४३ कराेड ९३ लाख ६६ हजार रुपैयाँमा किनबेच भएको छ ।

हिजाे ३४९ वटा कम्पनीको १ करोड ५४ लाख २० हजार ९२० कित्ता शेयर ५ अर्ब ६५ कराेड ११ लाख ४२ हजार रुपैयाँमा किनबेच भएको थियाे ।

आज ९८ वटा कम्पनीको शेयर बढेको छ भने १७१ वटाको घटेको छ । यस्तै ९ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज नेपाल रि-इन्स्याेरेन्स कम्पनिकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने हिमालयन रि-इन्स्याेरेन्स ११.४८ प्रतिशत ले बढेकाे छ।