२९ कार्तिक २०८३, आइतबार

सुनचाँदीको मूल्य ओरालो यात्रामा : आज कतिले घट्यो ?



काठमाडौँ। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। शुक्रबार ठूलो परिमाणमा घटेको सुनको भाउमा आज पनि थप १ हजार ५ सय रुपैयाँले गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १ सय रुपैयाँले घटेको छ। शुक्रबार ३ हजार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर प्रतितोला ३ हजार ६ सय रुपैयाँमा झरेको महासंघले जनाएको हो।