२९ कार्तिक २०८३, आइतबार

सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेड, दरबारमार्गबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुपमा उपलब्ध खाना तथा पेय पदार्थमा ७ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले समय–समयमा विभिन्न ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ। डिजिटल कारोबार गर्दा प्राप्त हुने छुटसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ।

बैंकिङ सेवामा नवीनता ल्याउँदै आएको सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो। त्यस्तै, युवालक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सर लक्षित ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ।

यसका साथै मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा र अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सेवा उपलब्ध गराउँदै आएको छ।

हाल बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८५ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।