२ मंसिर २०८३, बुधबार

सिटिजन्स बैंकको मधेश केन्द्रित छठ सम्बन्ध कार्यक्रम सम्पन्न



काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “छठ सम्बन्ध २०८३ कल्चर, लिडरसिप एण्ड सिटिजन्स कनेक्ट, सेलिब्रेटिङ आवर कल्चर, कनेक्टिङ आवर पिपुल, इनर्जाइजिङ सिटिजन्स” कार्यक्रम आयोजना गरेको छ। सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा मधेश प्रदेशस्थित शाखा प्रबन्धकहरू तथा प्रदेश प्रमुख लगायतको सहभागितामा सम्पन्न भएको हो।

कार्यक्रममा मौलिक संस्कृति र परम्पराको महत्त्वको चर्चा गर्दै यसलाई प्रवद्र्धन गर्ने नेतृत्व विकासको लागी आपसी सम्बन्ध सुदृढ गर्दैे थप आत्मीय र प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएको थियो। मधेश प्रदेशको ८ जिल्लामा सिटिजन्स बैंकको २९ शाखा कार्यालयहरू संञ्चालनमा रहेका छन्।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ८५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।