भारत, पाकिस्तान र युएईविरुद्धको नेपालको खेल डिजिओमा लाइभ हेर्न सकिने
काठमाडौँ। नेपाली क्रिकेट समर्थकहरूले ‘डीपी वर्ल्ड एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ अन्तर्गत नेपालका सबै खेलहरू डिजिओ (DGO)मा प्रत्यक्ष (लाइभ) हेर्न पाउने भएका छन् ।
कतारको दोहामा आयोजना भइरहेको यस प्रतिष्ठित प्रतियोगिताको कठिन समूहमा रहेको नेपालले भारत, पाकिस्तान र युएई जस्ता बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्दैछ। कप्तान सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोली एसियाका उदीयमान क्रिकेट शक्तिहरूसँग भिड्न मैदान उत्रँदैछ ।
दर्शकहरूले डिजिओ क्वार्टरली सब्स्क्रिप्सन (डिजिओ स्पोर्ट्स प्याकेज) लिएर नेपालका सबै खेलहरूसहित सम्पूर्ण प्रतियोगिताको विनाअवरोध प्रत्यक्ष मज्जा लिन सक्ने व्यवस्था मिलाइएको छ ।
नेपालको खेलको प्रत्यक्ष प्रसारण हेर्नका लागि दर्शकहरूले एन्ड्रोइड, आईओएस (iOS) वा स्मार्ट टिभीमा डिजिओ (DGO) एप डाउनलोड गरी अथवा वेबसाइट www.watchdgo.com मा लगइन गरेर सब्स्क्रिप्सन लिन सक्नेछन् । यस प्लेटफर्ममार्फत समर्थकहरूले जहाँसुकैबाट प्रत्यक्ष क्रिकेटको अनुभव लिन सक्ने जनाइएको छ ।















