१० मंसिर २०८३, बिहिबार

सुनचाँदीको मूल्यमा आएको पहिरोमा ब्रेक : एकैदिन तोलामा ४ हजार ८ सयले बढ्यो सुन



काठमाडौं । सुनको मूल्यमा आएको गिरावटको पहिरोमा ब्रेक लागेको छ। साताको दोस्रो दिन सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तय गरेको नयाँ दररेट अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। हिजो आइतबार प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन ४ हजार ८ सय रुपैयाँले महँगिएको हो।

यस्तै, चाँदीको मूल्यमा पनि प्रतितोला ४५ रुपैयाँको बढोत्तरी भएको छ। आइतबार तोलाको ३ हजार ६५ रुपैयाँ कायम रहेको चाँदी आज बढेर प्रतितोला ३ हजार ११० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

योसँगै सुनचाँदीको मूल्यमा देखिएको लगातारको गिरावटमा आज ब्रेक लागेको हो। आगामी दिनमा मूल्य कता जान्छ भन्ने कुरा भने निश्चि छैन।